दफा १६
डेपुटी गभर्नरको नियुक्ति
(१) नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिशमा डेपुटी गभर्नरको नियुक्ति गर्नेछ । (२) उपदफा (१) बमोजिम गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिश गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृतहरुमध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिश गर्नु पर्नेछ । (३) यस दफा बमोजिम डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति बैंकको सेवाबाट स्वतः निवृत्त भएको मानिनेछ ।